२६ असार २०८३, शुक्रबार
संसद्मा सत्तापक्ष भर्सेस प्रतिपक्ष

सभामुखको भूमिका ओलीको आदेशपालक जस्तो देखियो– गगन थापा

जेठ ३, २०८१
काठमाडौं
सभामुखको भूमिका ओलीको आदेशपालक जस्तो देखियो– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीवार संसद् बैठकका सभामुख देवराज घिमिरेको भूमिका नेताको आदेशपालक जस्तो देखिएको आरोप लगाएका छन् । पुरानो पार्टीको आबद्धता बिर्सेर तटस्थ भूमिका निर्वाह गर्न उनले माग गरे । 

बिहीवार प्रतिनिधिसभा बैठकमा झडपको स्थिति सिर्जना भएपछि संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन आयोजना गरी महामन्त्री थापाले सभामुखको भूमिकामाथि प्रश्न उठाएका हुन् । 

‘सभामुख आज आफ्नो भूमिका निर्वाह गर्न चुक्नु भयो । दलगत आबद्धता बिर्सनु भयो । प्रतिपक्ष वेलमा पुगेको र उभिएको बेला संसदको कारबाही अगाडि बढाउनुले सभामुखको भूमिका निष्पक्ष देखिएन,’ उनले भने । 

बिहीवार संसदका अप्रिय अवस्थाको सिर्जना हुनुमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको समेत भूमिका रहेको थापाले आरोप लगाए । ‘एमालेका अध्यक्ष केपी ओलीले संसद चलाइन्छ भनेर हिजो हुंकार गर्नुभएको, त्यो पूरा गर्न सभामुख प्रयोग हुनुभयो । आजको जिम्मेवारी सभामुखले लिनुपर्छ । सभामुख नेताको आदेश पालकको भूमिकामा रहनु दुःखद कुरा हो,’ उनले थपे । 

कांग्रेस महामन्त्री थापाले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराए । ‘निष्पक्ष भूमिका निर्वाह गर्न सभामुखलाई सचेत गराउँछाैँ । सत्तापक्षले मुठभेडमा लैजाने स्थिति सिर्जना गर्यो । सभामुखले निष्पक्ष भूमिका गर्नुभएको भए यस्तो हुने थिएन,’ उनले भने । 

कांग्रेसले नाराबाजी गरिरहेको समयमा सभामुखले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि संसदमा मुठभेडको स्थिति सिर्जना भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्