![बिहीबार तनावपूर्ण अवस्थामा स्थगित भएको संसद् बैठक आज फेरि बस्ने [सम्भावित कार्यसूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Samsad_Narabaji_tvO9Q6C2cV.jpg)
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक शुरू हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । बिहीबारको बैठकमा तनाब सिर्जना भएको थियो ।
प्रतिपक्षको अवरोधकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएका थिए । तर कांग्रेसका सांसद विरोधमा उत्रिएपछि बैठकमा धकेलाधकेल भएको थियो ।
गृहमन्त्री रोस्ट्रमतर्फ जान खोज्दा कांग्रेस सांसदहरू रोक्न उद्दत भएका थिए । त्यसैक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि उठेपछि कांग्रेस उपसभापति धनराज गुरुङले ओलीतर्फ हेरेर नाराबाजी गरेका थिए । त्यसपछि एमाले सांसदहरूले पनि गुरुङलाई धकेलेका थिए ।
यस्तो छ सम्भावित कार्यसूची