२३ जेठ २०८३, शनिबार

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन कायम हुन्छ : राष्ट्रपति पौडेल

जेठ ४, २०८१
काठमाडौं
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन कायम हुन्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।

'सक्षम कानून व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार' भन्ने नारासाथ नेपाल बार एशोसिएसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

'लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता  र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले बिर्सन हुन्न', राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले न्याय महसूस हुनुपर्ने पनि बताए ।

'न्याय, न्याय भनेर मात्र पनि पुग्दैन  ।  यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ', उनले भने, 'संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका, कानूनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्दछ र यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आबद्ध विद्वान कानून व्यवसायी नै हुन् भन्ने मलाई लाग्छ।'

न्याय आफैं हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई गर्नुपर्ने विषय भएको उनले बताए ।

यसको स्वच्छतामा न्यायाधीश र कानून व्यवसायीको आ-आफ्नै भूमिका हुने हुँदा बार र बेञ्च बीचमा बेलाबेलामा  छलफल र अन्तक्रिर्या हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने उनको विश्वास थियो ।

salt training

कमेन्ट गर्नुहोस्