२४ असार २०८३, बुधबार

धारिलो हतियार प्रहार गरी फरार रहेका ९ जना पक्राउ​

जेठ ४, २०८१
काठमाडौं
धारिलो हतियार प्रहार गरी फरार रहेका ९ जना पक्राउ​

काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका ९ जना पक्राउ​ परेका छन् ।​

पक्राउ पर्नेमा बैतडी पुरचौडी नगरपालिका १ घर भई हाल कीर्तिपुर ५ बस्ने २७ वर्षीय जयन्त धानुकलगायका छन् । अन्य ८ जनाको भने प्रहरीले परिचय खुलाएको छैन ।

प्रहरीले उनीहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार यही जेठ २ गते साँझ कीर्तिपुर नगरपालिका वडा १० नयाँ बजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिबी साध्ने क्रममा दुई समूहबीच झडप भएको थियो ।

झडपमा कीर्तिपुर १० चिट्टुबिहारका २४ वर्षीय साजिस श्रेष्ठको बायाँ हातमा गहिरो चोट लागेको छ ।

काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगको कसुरमा दिन ५ को म्याद थप लिएर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।​

salt training

कमेन्ट गर्नुहोस्