२५ जेठ २०८३, सोमबार

गृहमन्त्रीको राजीनामा माग्दै संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, केही पक्राउ [फोटोफिचर]

जेठ ४, २०८१
काठमाडौं
गृहमन्त्रीको राजीनामा माग्दै संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, केही पक्राउ [फोटोफिचर]

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको छ।

सहकारी ठगीमा लामिछानेको संलग्नता हुँदा हुँदै पनि उनी गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसिराख्न नमिल्ने भन्दै नेविसंघले राजीनामा माग गरेको हो । प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराको सूर्यदशर्न सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप गृहमन्त्री लामिछाने माथि छ ।

कांग्रेसले अहिले लामिछाने संलग्न सहकारी ठगीको छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने बटमलाइन बनाएको छ । तर सत्तापक्ष भने रविको नामै तोकेर समिति नबनाउने बताउँदै आएको छ ।

नेविसंघले कानून कार्यान्वयन गर्ने उच्च पदमा गृहमन्त्री लामिछाने आफैं पदीय जिम्मेवारीमा रहँदा मुद्दाको अनुसन्धान फितलो भएको र आगामी दिनमा समेत अनुसन्धान फितलो हुने भन्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न भनेको छ ।

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्