२३ असार २०८३, मंगलबार

तुलसीपुरबाट काठमाडौं हिँडेको यात्रुबाहक बस दुर्घटनाः १० जना घाइते

जेठ ४, २०८१
बुटवल
तुलसीपुरबाट काठमाडौं हिँडेको यात्रुबाहक बस दुर्घटनाः १० जना घाइते

घोराही–दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

तुलसीपुर खण्डअन्तर्गत बेलझुण्डीमा शुक्रबार तुलसीपुरबाट काठमाडौं हिँडेको प्रदेश ३–०१००६ ख ०९७५ नम्बरको बस दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको जानकारी दिए । 

घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मल्लले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्