
मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–१२ चौतारास्थित कान्ति लोकपथमा आज बिहान भएको दुर्घटनामा अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौंडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो ।
ललितपुरबाट हेटौंडाका लागि छुटेको कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।
दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन् ।
उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।