०३ असार २०८३, बुधबार

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

जेठ ५, २०८१
तनहुँ
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको शनिबार दिउँसो मृत्यु भएको हो ।

छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए ।

अन्य चार जना सकुशल रहेका छन् ।​

मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शव गृहमा राखिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्