२३ जेठ २०८३, शनिबार

मादी नदीमा बालकको शव भेटियो

जेठ ५, २०८१
तनहुँ
मादी नदीमा बालकको शव भेटियो

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो । 

मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए । निजको सनाखतका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्