११ साउन २०८३, सोमबार

गाजाको जबलिया शिविरमा इजरायली आक्रमणः २८ जनाको मृत्यु

जेठ ६, २०८१
काठमाडौं
गाजाको जबलिया शिविरमा इजरायली आक्रमणः २८ जनाको मृत्यु
फाइल तस्वीर ।

गाजा– उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायलीले गरेको लगातारको आक्रमणमा परी कम्तीमा २८ जना व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले शनिबार जनाएको छ । 

उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमाल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेका र मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका जनाएको छ ।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूका आवासीय घर र एउटा आश्रय केन्द्रमा मिसाइलहरू प्रहार गरेका बताएका छन् । 

अधिकारीहरूले शिविरमा ठूला विस्फोटसहित आक्रमण भएको धेरै दिनदेखि आफूह इजरायली सैन्य कारबाहीकोे साक्षी रहेको बताएका छन् । 

घटनापश्चात एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण भएको ठाउँमा पुगेका छन् । 

स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले हवाई र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा  दर्जनौँ व्यक्तिको मृत्यु भएको र सयौँ हताहत भएका छन् । 

यसैबीच, कमाल ओडवान अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका छन् ।

यसअघि, गाजामा सशस्त्र प्यालेस्टिनी समूहहरूले तिनीहरूका सदस्यहरू जबलिया शिविरमा प्रवेश गर्ने इजरायली सेनासँग भयानक लडाइँ लडिरहेका बताएका थिए । 

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शनिबार एक विज्ञप्तिमार्फत सेनाले जबलियामा धेरै लडाईहरूमा आतङ्कवादी ठूलो सङुख्यामा लडाकूको मृत्यु भएको जनाएको छ । 

आईडीएफले कारबाहीका क्रममा इजरायलतर्फ आक्रमण गर्न तयारी अवस्थामा राखिएकारकेट लन्चरलाई नस्ट गरेको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्