
साझा धारणा बनाउन कांग्रेसको आह्वानमा बानेश्वरस्थित संसद् भवन परिसरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
सहकारी प्रकरणको छानबिनका विषयमा समान धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो ।
यसअघि शुक्रबार बिहीवार पनि कांग्रेसको आह्वानमा ५ विपक्षी ५ दलको बैठक बसेको थियो ।
सहकारी प्रकरणको छानबिन गर्न दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भएको छ । तर, यसको क्षेत्राधिकार के–के हुने भन्नेमा तय गर्न सत्तारुढ एमाले, रास्वपा र नेपाली कांग्रेसको बैठक बसिरहेको छ ।