२३ जेठ २०८३, शनिबार

माओवादीले सरकार नछाड्ने, अब के गर्लान् प्रधानमन्त्री देउवा ?

कात्तिक २०, २०७४
माओवादीले सरकार नछाड्ने, अब के गर्लान् प्रधानमन्त्री देउवा ?
काठमाडौं ३१ असोज– प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन सार्ने तयारीमा लागेको भन्दै माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ ।

चुनाव सार्ने सम्बन्धी सूचना पाएकोले सरकार नछाड्ने निर्णय भएको माओवादी नेता एवं गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

प्रधानमन्त्री देउवाको दवावका कारण माओवादीले मंगलवार सरकारबाट बाहिरिने तयारी गरेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच मंगलवार बिहान भएको छलफल सकारात्मक नभएपछि माओवादीले सरकार छाड्ने तयारी गरेको थियो ।

‘प्रधानमन्त्री चुनाव सार्ने तयारीमा लागेको सूचना पाएका छौ, निर्वाचनको सुनिश्चितता नहुँदासम्म सरकार छाड्दैनौ’ मन्त्री शर्माले मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीलाई मन्त्री बनिरहने लोभ छैन, तर चुनावको सुनिश्चितता नभएसम्म सरकार छाड्दैनौ ।’

आफ्नो पार्टीले सम्हाल्दै आएको गृह लगायत मन्त्रालय राप्रपालाई दिने तयारी गरेपछि माओवादीले सरकार छाड्ने तयारी गरेको थियो । सरकार छाडेको घोषणा गर्ने वक्तव्य समेत तयारी भइसकेको अबस्थामा माओवादी सरकार नछाड्ने निर्णयमा पुगेको मन्त्री शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्