२२ जेठ २०८३, शुक्रबार

२ सय ५० रोपनी जग्गामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

कात्तिक २०, २०७४
२ सय ५० रोपनी जग्गामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट
धादिङ, ३१ असोज– धादिङको गजुरी गाउँपालिकाकाको वडा नंबर ७ र ८का विभिन्न गाउँमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

स्थानीयले खेत बारीमा र घर छेउछाउ खाली जमिनमा लगाएको प्रतिवन्धित लागूऔषध गाँजा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको नेपाल प्रहरी र राजमार्ग सुरक्षा बेस क्याम्प आदमघाटबाट गएको शसस्त्र प्रहरीको टोलीले नष्ट गरेको हो ।

२ सय ५० रोपनी जग्गामा गरिएको अवैध गाँजाको हरियो बोट फाडेर नष्ष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

त्यस क्षेत्रका किसानहरुले मकै कोदो बालीसँगै वर्षैदेखि अवैध रुपमा गाँजा खेती पनि गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्