
गृहमन्त्री रवि लामिछानेले दलबीच सहमति हुन्छ भने संसदीय छानबिन समिति बनाउन आपत्ति नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आइतबार लामिछानेले यस्तो समिति विधिमा टेकेर बनाउनुपर्ने उनले बताए ।
‘प्रमुख दलबीच सहमति हुन्छ भने संसदीय बनाउनुस् तयार छु । तर निश्चित विधिमा टेकेर हुनुपर्छ । सस्तो रुपमा बनाउनु हुँदैन', रविले भने, ‘तर समाचार आएको भरमा नाम तोकेर व्यक्ति केन्द्रित समिति बनाउने हो ? लोकतन्त्रको लामो यात्रा गरेका दलले तय गरून् ।’
आफ्नो जस्तै आरोप लगाएर धेरै नेताको नाम आएको भन्दै उनले कांग्रेस नेताको नाम आएकाले उनीहरूमाथि व्यक्ति केन्द्रित समिति बनाउन तयार हो भन्दै प्रश्न गरेका छन् ।
कांग्रेस महामन्त्री गगन थापाविरुद्ध बाख्रापालन र रातो पासपोर्टका विषयमा धनराज गुरुङमाथि पनि छानबिन समिति बनाउने हो भन्दै प्रश्न गरेका छन् ।