३० जेठ २०८३, शनिबार

बर्दियामा मृतावस्थामा पाटेबाघ फेला

जेठ ६, २०८१
बर्दिया
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला

 बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ ।  

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए । 

प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्