२५ जेठ २०८३, सोमबार

भाइमसला किन्नेहरु भिडभाड, काजुको मूल्य ६० प्रतिशतले बृद्धि

कात्तिक २०, २०७४
भाइमसला किन्नेहरु भिडभाड, काजुको मूल्य ६० प्रतिशतले बृद्धि

काठमाडौं, २९ असोज – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको संघारमा आइपुग्दा बजारमा चहलपहल बढेको छ । तिहारमा सबैभन्दा बढी चल्ने भाइ मसला एवं मिठाइका प्याकेट बजारमा धमाधम बिक्री बितरण भइरहेका छन् ।
प्रायः तिहारमा उपभोग हुने मरमसला भारतबाट आयात हुने गरेको खाद्यान्न व्यवसायीहरु बताउँछन् । तिहारमा अत्यधिक चल्ने मरमसलाको माग बढेपछि मूल्यसमेत ह्वात्तै बढेको उपभोक्ताहरु बताउँछन् ।

यो वर्षतिहारमा सबैभन्दा बढी प्रयोग हुने भाई मसला काजुको मूल्य गत वर्षभन्दा करिब ६० प्रतिशतले बृद्धि भएको छ । गत वर्षको तिहारमा प्रतिकिलो २ सय २० देखि २ सय ३० सम्म मा बिक्री बितरण भएको काजु यो वर्षको न्युनतम खुदा मूल्य ३ सय ६० मा बिक्री भइरहेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पबित्र बज्राचार्यले बताए ।
उनकाअनुसार अधिकांश मसलाहरु भारतबाटै आयात भए पनि केही मसला तेस्रो मुलुकबाट समेत आयात हुने गर्छन् ।

भाईमसलाका रुपमा भाइटिकामा भाईलाई उपहार दिने काजु, बदाम, पिस्ता लगायत मिश्रत मसलाको प्याकटेको मूल्य परिमाण हेरी ६० रुपैंयादेखि १५ सय रुपैंयासम्म रहेको व्यवसायीहरु बताउँछन् ।

तिहारमा अत्यधिक प्रयोग हुने ओखरको मूल्य यो वर्षको तिहारमा ७ सय रुैंया प्रतिकिलो रहेको छ । यसैगरी नरीवलको मूल्य गत वर्षको तुलनामा ३० प्रतिशत हाराहारीले बढेको छ । गतवर्ष नरिवलको मूल्य किलो ३ सय रुपैयाँ रहेकोमा अहिले त्यो ४ सय ५० रुपैयाँ पुगेको बज्राचार्यले बताए ।

यो बर्ष अलैंची भने सस्तो भएको छ । गत बर्ष यहि बेला अलैंचीको मूल्य किलोको झण्डै तीन हजार रुपैयाँ थियो । त्यो अहिले एक हजार २०० सय रुपैयाँमा झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्