०४ साउन २०८३, सोमबार

वर्षा बाधक बनेपछि कोलकत्ता र राजस्थानले अंक बाँडे, हैदरावाद दोस्रोमा

जेठ ७, २०८१
काठमाडौं
वर्षा बाधक बनेपछि कोलकत्ता र राजस्थानले अंक बाँडे, हैदरावाद दोस्रोमा

इंडियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । गएराति हुने तय भएको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको हो । 

खेल रद्द भएसँगै राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्ने भएको छ।

कोलकत्ताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर, राजस्थानलाई दोस्रो स्थानमा रहन जीत आवश्यक थियो । दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन् । तर अंक बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

यता हैदराबाद भने दोस्रो हुँदै प्लेअफमा पुग्न सफल भएको छ । हैदराबाद र राजस्थान दुवैको १७ अंक रहे पनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन सफल भएको हो । 

हैदराबाद र कोलकत्ता मंगलबार फाइनल प्रवेशका लागि खेल्नेछन् । तेस्रो भएको राजस्थानले एलिमिनेटरमा चौथो स्थानको रोयल च्यालेनजर्स बेंगलूरु फाइनल प्रवेशका सम्भावना कायम राख्न बुधवार भिड्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्