२५ असार २०८३, बिहीबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

जेठ ७, २०८१
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सोमबार बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान साढे ८ बजे बस्ने तय भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

उनका अनुसार संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्ने छ । 

बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए । 

कांग्रेस बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । सहकारीको रकम हिनामिना प्रकणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिनको माग गरिरहेको छ । 

तर, समिति बनाउने विषयमा सत्ता-प्रतिपक्षीबीच सहमति नहुँदा कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्