
काठमाडौं, ३१ असोज – ललितपुर ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्र जोर बिजोर प्रणाली लागू गर्ने भएको छ । कात्तिक एक गतेदेखि ललितपुरको लगनखेलदेखि गोदावरी र टौखेल जाने सवारीका लागि जोर विजोर प्रणाली लागू गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा गोदावारी र टौखेल जाने सवारीका लागि पहिलो पटक जोर विजोर लागू गरिएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुले बताए ।
गोदावारी र टौखेल जाने भाडाका सवारी साधनमा पहिलो पटक यस्तो व्यवस्था लागू गरिएको हाछेतुले बताए । धेरै सवारी भएकोले जाम हुने समस्या भएको र बाटो पनि साँगुरो भएकोले जोर विजोर सुरु गरिएको उनले बताए ।
उक्त सडक १३ फिट मात्रै छ । जोर विजोर लागू भएसँगै आधा गाडी लगनखेलबाट गोदावारीका लागि गुड्ने छन् भने आधा गाडी टौखेलका लागि गुड्ने छन् । यो भन्दा अघि आफ्नै मर्जीको हिसावले माइक्रोबसहरु गुड्ने गरेका थिए ।
‘जहाँ यात्रु बढी छन् त्यहाँ मात्रै पनि गाडी जाने गरेको गुनासो समेत आएको थियो,’ हाछेथुले भने, ‘अब बिहानदेखि बुलाका ८ बजेसम्म अनिवार्य गाडी चल्ने गरि व्यवस्था गरेका छौं ।’
यी दुई रुटमा धेरै गाडीले गर्दा भद्रगोल मात्रै भएको थिएन चालकहरुले यात्रु बढी हुने ठाउँसम्म मात्रै गाडी चलाउँदा सर्वसाधारणलाई समस्या परेको थियो । अब प्रत्येक दुई दुई मिनेटमा लगनखेलबाट गाडी छुट्ने समेत उनले बताए ।
साँझ र विहानको समयमा लगनखेलबाट गोदवारी जानको लागि गाडीहरुले अटेरी गर्ने गरेको समेत आफूहरुलाई गुनासो आएकोले यसो गरिएको उनले बताए ।
माइक्रोहरुले बीच बाटोमै मान्छे झार्ने गरेको समेत फेला परेको उनले बताए । अब एक प्रकारको नियम बनाइएको र सो नियम पालना गनर्ने सवारीसाधनलाई यातायात व्यसायिसँगको सहकार्यमा कारबाही गरिने उनले बताए ।

हाछेथुका अनुसार अब लगनखेल र टौखेलका लागि कहिले गाडी नपाइने त कहिले धेरै गाडी पाइने समस्या हट्ने उनले बताए । अब जति बेला पनि गाडी पाइने र सार्वजनिक सवारीले आफ्नो मर्जी गर्न नपाउने समेत उनले बताए ।
अब हरेक जोर गते र विजोर गते अनुसार गाडीहरुलाई रुट दिइने उनले बताए । एक गते विजोर गाडीहरु गोदवारीको रुटमा चले भने जोर गाडीहरु टौखालको रुटमा चल्ने छन् । त्यस्तै दुई गते विजोर सवारीश्रहरु र्टौखालको लागि चले भने जोर गाडीहरु गोदावारीका लागि चल्ने छन् ।