
कैलाली लम्कीचुहाका किसानले एक करोडभन्दा बढीको लगानीमा आफ्नै बारीमा स्याउ फलाएपछि त्यो अहिले चर्चाको विषय बनेको छ ।
चिसो ठाउँ अर्थात् हाई चिलिङ भएको ठाउँमा उत्पादन हुने स्याउ उच्च गर्मी हुने ठाउँमा पनि उत्पादन भएपछि अहिले त्यो चर्चाको विषय बनेको छ ।
कृषि वैज्ञानिकहरू भन्छन्, “यो सम्भव छैन, यो वैज्ञानिक हिसाबले उपयुक्त छैन, यसको वैज्ञानिक आधार छैन ।”
स्याउ विषयमा पिएचडी गरेका तथा तथा कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समय स्याउ क्षेत्रमा काम गरेका डा. गिरीधारी सुवेदीले
तराईमा स्याउ फल्न सक्छ तर त्यो उपभोक्ताका लागि गुणस्तर हुन नसक्ने बताए । गोरखापत्रमा विस्तृतमा छापिएको छ ।