२३ असार २०८३, मंगलबार

सरकारबाट हट्न माओवादीको यस्तो शर्त

कात्तिक २०, २०७४
सरकारबाट हट्न माओवादीको यस्तो शर्त
काठमाडौँ, ३१ असोज:  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र माओवादी केन्द्रका मन्त्री सरकारमा रहने कि नरहने भन्ने विषयमा कुराकानी भएको छ । 


निर्वाचनको वातावरण बने र तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने अवस्था आए आफूहरु सरकारबाट हट्ने जानकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई गराउनुभएको दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनको विषयमा आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो । 

अध्यक्ष ओलीसँग छलफल 

माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन तथा चुनावी घोषणापत्र र उम्मेदवार छनोटलगायत विषयमा कुराकानी भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्