२२ जेठ २०८३, शुक्रबार

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल

जेठ ७, २०८१
रसुवा
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल

चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा शुरू भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौंबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जान नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिए । उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जान रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौंबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ । उनका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरू पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्