३२ असार २०८३, बिहीबार

सहकारी प्रकरण: छानबिन समिति गठन पेचिलो बनेका बेला कांग्रेस संसदीय दलको बैठक

जेठ ७, २०८१
काठमाडौं
सहकारी प्रकरण: छानबिन समिति गठन पेचिलो बनेका बेला कांग्रेस संसदीय दलको बैठक

सहकारी प्रकरणमा छानबिन समिति गठनको विषय थप पेचिलो बनेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले थप धारणा तय गर्न संसदीय दलको बैठक राखेको छ । बैठक केहीबेर अगाडि मात्रै बानेश्वरस्थित संसद् भवन परिसरको ल्होत्से हलमा शुरू भएको हो । 

कांग्रेसले लामो समयदेखि सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै आएको छ । 
यसैले समिति गठन गर्नुअघि टीओआरको विषयमा छलफल गर्न बसेको सत्तापक्ष र विपक्षको बैठक निष्कर्षविहीन भएको थियो । छानबिन गर्दा रवि लामिछानेको नाम उल्लेख नगर्ने सत्तापक्ष र नाम उल्लेख गर्नुपर्ने विपक्षीको मागबीच सहमतिनजिक पुगेर पनि समिति गठनको विषय अलपत्र परेको हो । 

null

कांग्रेसले संसद्‌मा बोल्न गृहमन्त्री रवि लामिछानेलाई अवरोध गरेन । तर, आफूहरू उदार भए पनि गृहमन्त्रीले छानबिनमा सघाउनुको सट्टा उल्टै नेता विशेषलाई आरोपित गर्ने र लाञ्छना लगाएकोप्रति पनि कांग्रेस महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् । 

छानबिनबाट भाग्न रविले अनर्गल प्रचार गरेका भन्दै थापाले पत्रकार सम्मेलन गरेरै समिति फेस गरेर निर्दोष सावित हुन चेतावनी दिएका छन् ।
 
आजै प्रधानमन्त्रीले संसद्‌मा विश्वासको मत लिने तयारी गरेका छन् । तर सहकारी प्रकरणमा छानबिन समिति गठन नगरेसम्म संसद् बैठक चल्न नदिने तयारीमा कांग्रेस छ ।
 

salt training

कमेन्ट गर्नुहोस्