२३ जेठ २०८३, शनिबार
विश्वासको मत लिने कार्यसूची प्रभावित

कांग्रेसको नाराबाजीले रोस्ट्रममा जान पाएनन् प्रचण्ड

जेठ ७, २०८१
काठमाडौं
कांग्रेसको नाराबाजीले रोस्ट्रममा जान पाएनन् प्रचण्ड

नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची प्रभावित भएको छ । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रयोजनका लागि मन्तव्य राख्न प्रधानमन्त्री प्रचण्डलाई समय दिएका थिए । 

तर, कांग्रेसको अवरोधका कारण प्रचण्ड संसद्को रोस्ट्रममा जान सकेनन् । त्यसपछि सभामुखले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसले संसदीय छानबिन समिति नबन्दासम्म विश्वासको मतको कार्यसूची पनि अगाडि नबढ्ने बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्