२८ जेठ २०८३, बिहीबार

चौथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्रीलाई ओलीको बधाई

जेठ ७, २०८१
काठमाडौं
चौथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्रीलाई ओलीको बधाई

सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत पाएपछि ओलीले सोमबार दिउँसो प्रचण्डलाई भेटेरै बधाई दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा आजै चौथोपटक विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको हो । मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिए ।

मतदानमा १५८ सांसद उपस्थित थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रचण्डले विश्वासको मत लिएका हुन् । उपेन्द्र यादवको पार्टी जसपा विभाजन भएपछि प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्