२२ जेठ २०८३, शुक्रबार

निशाको ‘झ्यानाकुटी’ मा कमेडी स्वाद, बेनिशा र सौगात देखिए यस्तो भूमिकामा

कात्तिक २०, २०७४
निशाको ‘झ्यानाकुटी’ मा कमेडी स्वाद, बेनिशा र सौगात देखिए यस्तो भूमिकामा

काठमाडौं, ३१ असोज – चलचित्र ‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर कमेडी खालको छ । चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, पुष्कर गुरुङ, अस्टल गुरुङ, सुमी मोक्तान, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

सनिश सुनुवार र विकास चौधरीको संगीत रहेको सिनेमामा हरि हुमागाईंको छायांकन छ । फिल्मलाई निशा अधिकारी र सिमोस सुनुवारले निर्माण गरेका हुन् भने फिल्ममा निर्देशन सिमोसकै रहेको छ । चलचित्र आउँदो मंसिर १ बाट देशभर प्रदर्शन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्