०६ साउन २०८३, बुधबार

सभामुख घिमिरे पार्टीका कार्यकर्ताको शैलीमा प्रस्तुत भएको विपक्षी दलको निष्कर्ष

जेठ ७, २०८१
काठमाडौं
सभामुख घिमिरे पार्टीका कार्यकर्ताको शैलीमा प्रस्तुत भएको विपक्षी दलको निष्कर्ष

नेपाली कांग्रेससहितको विपक्षी ५ दलको दलहरूको बैठकले सभामुख देवराज घिमिरे पार्टी कार्यकर्ता जसरी सदनमा प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षीले विरोध कायम राखे पनि प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएको भन्दै विपक्षी दलले सभामुख दलको कार्यकर्ताभन्दा माथि उठ्न नसकेको बताएका हुन् ।

‘प्रतिनिधि सभाको आजको बैठकमा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभएको हाम्रो निष्कर्ष छ', बैठकपछि राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘सभामुख निष्पक्ष हुनुपर्ने हो तर उहाँ पार्टी कार्यकर्ताको भूमिबाट माथि उठ्नु भएन ।’

यस्तै, बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको मागलाई थप सशक्त बनाएर जाने निर्णय गरेको छ ।

पछिल्लो समय कांग्रेसले राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितको बैठक गर्दै सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको विषयलाई उठाउँदै आएको छ । 

विपक्षीलाई पेलेरै प्रधानमन्त्रीले विश्वासको मत लिएपछि विपक्षी दलले थप सशक्त हुने निर्णय गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्