लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि लिबियामा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फालाई बदली गर्नको लागि भगवतीप्रसाद गुल्म एसजीयूको छैटौं डफ्फाका सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाली सेनाले दिएको जानकारी अनुसार प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्वमा भगवतीप्रसाद गुल्मका ५८ सैनिकहरूको पहिलो टोलीयूएन चार्टर्ड फ्लाइटमार्फत जेठ ५ गते मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
यस्तै, उक्त मिसनमा तैनाथ पाँचौं डफ्फाका ५९ जना शान्ति सैनिकहरू सेनानी मोहनसिंह भण्डारीको नेतृत्वमा जेठ ६ गते स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत रहेका नेपाली सेनाले जनाएको छ ।