३० जेठ २०८३, शनिबार

प्रदेश योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए पद तथा गोपनीयताको शपथ

जेठ ७, २०८१
विराटनगर
प्रदेश योजना आयोगका उपाध्यक्ष अधिकारीले लिए पद तथा गोपनीयताको शपथ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री कार्कीले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा डा अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगरलगायत सहभागी थिए ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राई, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगर, विभिन्न मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्