३० जेठ २०८३, शनिबार

दुवै सदनको बैठक बस्दै

जेठ ८, २०८१
काठमाडौं
दुवै सदनको बैठक बस्दै

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । 

यस्तै, प्रधानमन्त्री‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

तर, दुवै सदनको बैठक चल्ने सम्भावना भने कम छ । सहकारी प्रकरणमा संसदीय छानबिनको माग गर्दै कांग्रेसले दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ । 

यस्तो छ सम्भावित कार्यसूची

null

यस्तै, राष्ट्रिय सभा बैठक पनि आजै बस्ने कार्यसूची छ । राष्ट्रियसभा बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । 

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउने, मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले जेठ १ गते राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

यस्तो छ कार्यसूची

null

salt training

कमेन्ट गर्नुहोस्