
नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् । एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन भएको हो ।
उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरी चयन भएका छन् । सम्पूर्ण पदाधिकारीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिए ।
एमाले महासचिव शंकर पोख्रेलले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । अघिल्ला अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकी दुवै अध्यक्षका आकांक्षी थिए ।
तर, सर्वसम्मत नेतृत्व चयन गर्दा आचार्यलाई अध्यक्ष बनाइएको छ ।