०५ साउन २०८३, मंगलबार

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक

जेठ ८, २०८१
काठमाडौं
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक

सहकारीको रकम हिनामिना प्रकरणका विषयमा गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक शुरू भएको छ । मंगलबार बिहान सिंहदरबारमा कार्य दलको बैठक शुरू भएको हो । यसअघि सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो । त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्