२७ जेठ २०८३, बुधबार

माओेवादी मन्त्रीहरु जिम्मेवारी विहीन, थापालाई उर्जा दिएर गृह आफैले राखे देउवाले

कात्तिक २०, २०७४
 माओेवादी मन्त्रीहरु जिम्मेवारी विहीन, थापालाई उर्जा दिएर गृह आफैले राखे देउवाले
काठमाडौं ३१ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोस्दै राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी तोकेका छन् ।

गृहमन्त्रालय आफैले राखेर उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । राप्रपा नेता मोहन श्रेष्ठले परिस्थिती अनुसार राप्रपाले गृहको दावी छाडेको लोकान्तरलाई बताए ।

माओवादी मन्त्रीहरु विनाविभागिय भएका छन् । मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कुन्ती शाही राज्यमन्त्री बनेकी छिन् ।

मन्त्री जयन्त चन्दले आपूर्ति मन्त्रालय सम्हाल्ने छन भने राज्यमन्त्री सुशील श्रेष्ठ बनेका छन् । विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कान्ता भट्टराई राज्यमन्त्री बनेकी छिन् ।

देउवाले जिम्मेवारी खोसेपछि माओवादी मन्त्रीहरु विनाविभागिय बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्