०६ असार २०८३, शनिबार

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

जेठ ८, २०८१
काठमाडौं
चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

चीन - उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

कोइलाखानी कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको हो ।

दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्