
काठमाडौं, १ कात्तिक — मानिसहरू सुन्दर देखिनका लागि जे गर्न पनि तयार हुन्छन् । तर अनुहारमा जथाभावी गरिएको परीक्षणले जिन्दगीभरि कुरूप बनाइदिन सक्छ ।
अमेरिकाको फ्लोरिडामा बस्ने तेस्रोलिंगी रेजीले पनि सुन्दर बन्ने चाहना राखेर एकजना व्यक्तिमाथि विश्वास गर्दा अनुहारै डरलाग्दो हुन पुग्यो ।
रेजीलाई सुन्दर बनाउने विश्वास देखाएर उक्त व्यक्तिले नशाको सुरमा झोल सिमेन्ट र टायर सील गर्ने कुरा इन्जेक्सनमा भरेर उसको अनुहारमा हालिदियो ।
सन् २००५ मा रेजी एक पार्टीमा गएकी थिइन् । त्यसपछि उनको जिन्दगीको दिशा नै परिवर्तन भयो ।
इन्जेक्सन लगाएपछि रेजीको अनुहार भयानक देखियो र उनको छाला, ओठ र नाक पूरै बर्बाद भयो ।
रेजीले धेरै चिकित्सकहरूलाई देखाइन् तर कुनै फाइदा भएन । उनले दश वर्ष भयानक अनुहारका साथ बिताउनुप–यो ।

तर रेजीको भाग्य त्यसपछि बदलियो । उनले आफ्नो व्यथा टीभीमा शेयर गर्ने मौका पाइन् ।
त्यो कार्यक्रम हेरेपछि दुई चिकित्सकहरू डबरो र नसिफले रेजीको अनुहारमा शल्यक्रिया गरे । त्यसपछि बल्ल रेजीले अनुहार अलिक हेर्नलायक बनाउन सकिन् ।
एजेन्सी