
भारतमा जारी लोकसभा चुनावको छैटौं चरणअन्तर्गत आज एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान हुँदै छ । ५८ सीटका लागि शनिबार बिहानैदेखि मतदान शुरू भएको हो ।
यी आठ राज्यमा दिल्लीका सबै सात र हरियाणाका सबै १० सिटमा मतदान भइरहेको छ ।
यसबाहेक बिहारको आठ सिट, जम्मू कश्मीरको एक सिट, झारखण्डको चार सिट, ओडिशाको छ सिट, उत्तर प्रदेशको १४ सिट र पश्चिम बंगालको आठ सिटमा मतदान भइरहेको छ ।
लोकसभासँगै ओडिशामा विधानसभाका लागि पनि चुनाव हुँदैछ । शनिबार ओडिशाका ४२ सिटमा पनि चुनाव हुँदैछ । ओडिशामा चार चरणमा विधानसभा चुनाव हुँदैछ ।