२६ असार २०८३, शुक्रबार

भारतमा लोकसभाको निर्वाचनः छैठौँ चरणमा खस्यो ५७.७ प्रतिशत मत

जेठ १३, २०८१
काठमाडौं
भारतमा लोकसभाको निर्वाचनः छैठौँ चरणमा खस्यो ५७.७ प्रतिशत मत

नयाँ दिल्ली–लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

पश्चिम बङ्गालमा सबैभन्दा बढी ७७।९९ प्रतिशत, झारखण्डमा ६१.४१ प्रतिशत, उत्तर प्रदेशमा ५२.०२ प्रतिशत, ओडिशामा ५९.६० प्रतिशत, जम्मू कश्मीरमा ५१.३५ प्रतिशत , बिहारमा ५२.२४ प्रतिशत, हरियाणामा ५५.९३ प्रतिशत, र दिल्लीमा ५३.७३ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका आयोगले जनाएको छ । 

लोकसभा निर्वाचनको छैठौँ चरणमा बिहारका आठ सिट, हरियाणाका सबै १० सिट, जम्मू कश्मीरको एक सिट, झारखण्डका चार, दिल्लीका सबै सात सिट, ओडिशाका छ सिट, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गालका आठ सिट समावेश छन् । निर्वाचनमा कुल ८८९ उम्मेदवार मैदानमा छन् ।

आम निर्वाचनको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका लागि चार सय २८ संसदीय क्षेत्रहरूमा मतदान पूरा भइसकेको छ ।

छैठौँ चरणमा सम्पन्न निर्वाचनमा मतदानका लागि योग्य ११ करोड १३ लाखभन्दा बढी मतदातामध्ये पाँच करोड ८४ लाख पुरुष, पाँच करोड २९ लाख महिला र पाँच हजार १२० जना तेस्रो लिङ्गी मतदाताहरू रहेका थिए । यस चरणको निर्वाचन सञ्चालन गर्न करिब ११ लाख ४० हजार मतदान अधिकृतहरू खटाइएका थिए । 

लोकसभा निर्वाचनको सातौं चरणको मतदान जुन १ मा पूरा हुनेछ जसमा थप ५७ निर्वाचन क्षेत्रका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको नतिजा जुन ४ पछि घोषणा हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्