२२ जेठ २०८३, शुक्रबार

राप्रपा नेपाल कार्य सम्पादन समिति बैठक आज बस्दै

जेठ १३, २०८१
काठमाडौं
राप्रपा नेपाल कार्य सम्पादन समिति बैठक आज बस्दै

 राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा , स्थानीय तहहरूको अधिवेशन ,सङ्गठन सुदृढीकरण सङ्गै सक्रिय सदस्यता वितरण अभियान बारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ । 

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र , महामन्त्रीद्वय भाष्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र सङ्गठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्