२९ असार २०८३, सोमबार

कांग्रेसले आज सहकारी ठगीविरुद्ध विरोध प्रदर्शन गर्दै

जेठ १३, २०८१
काठमाडौं
कांग्रेसले आज सहकारी ठगीविरुद्ध विरोध प्रदर्शन गर्दै

 विपक्षी दल नेपाली कांग्रेसले आज काठमाडौँमा विरोध प्रदर्शन गर्न लागेको छ । सङ्घीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेसले सडकमा पनि प्रदर्शन गर्न लागेको हो । 
सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै कांग्रेस सडकमा आउन लागेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।  

जसअनुसार कांग्रेस काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् । 

काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् ।  

सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयता सङ्घीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्