२२ जेठ २०८३, शुक्रबार
संसदमा कांग्रेसको नाराबाजी

सत्तापक्षीय सांसदको सहयोगमा रोस्ट्रम पुगेर अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण

जेठ १३, २०८१
काठमाडौं
सत्तापक्षीय सांसदको सहयोगमा रोस्ट्रम पुगेर अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद अर्थमन्त्री वर्षमान पुनले संसद्मा आर्थिक सर्वेक्षण पेश गरेका छन् । 

सभामुख देवराज घिमिरेले मन्त्री पुनलाई आर्थिक सर्वेक्षण पेश गर्न समय दिएलगत्तै कांग्रेस सांसदहरू नाराबाजी गर्दै वेलमा पुगेका थिए । 

त्यसपछि सभामुखले अर्थमन्त्रीलाई रोस्ट्रममा ल्याउने व्यवस्था गर्न निर्देशन दिए । कांग्रेस सांसदले अवरोध गरेपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसदले घेरेर अर्थमन्त्रीलाई संसद्को रोस्ट्रममा पुर्‍याए । 

जेठ १५ गते संसद्मा बजेट पेश गर्नुअघि अर्थमन्त्रीले आइतबार संसदमा आर्थिक सर्वेक्षण पेश गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्