१० साउन २०८३, आइतबार
संसदमा प्रधानमन्त्रीको जवाफ

बजेट वक्तव्य पढ्नुअघि संसदीय छानबिन समितिमा सहमति हुन्छ, टीओआरमा लचक बनौं– प्रचण्ड

जेठ १३, २०८१
काठमाडौं
बजेट वक्तव्य पढ्नुअघि संसदीय छानबिन समितिमा सहमति हुन्छ, टीओआरमा लचक बनौं– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ या भोलि बिहानसम्ममा संसदीय छानबिन समिति गठनमा सहमति जुट्ने दाबी गरेका छन् । संसदीय छानबिन समितिमा सबैको सहमति भएपनि कार्यादेश (टीओआर)मा लचक बन्न उनले आग्रह गरे । 

आइतवार प्रतिनिधिसभा बैठकमा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा प्रचण्डले जेठ १५ गते बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुट्ने बताएका हुन् । ‘मैले केही दिनदेखि लगातार सहमतिको प्रयास गरिरहेको छु, गतिरोध अन्त्यका लागि प्रयास भइरहेको छ । सहमति र समधmदारीको धेरै नजिक पुगेको थाहा छ,’ कांग्रेसको नाराबाजी चलिरहेको बैठकमा प्रचण्डले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेतासँग बूढानीलकण्ठमा पुगेर सहमतिको प्रयास गरेको छु । आज वा भोलि बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुटने विश्वास व्यक्त गर्छु ।’

प्रचण्डले समितिको टीओआरमा लचक बन्न आग्रह गरे । ‘भर्खरै रास्वपाका स्वर्णिम वाग्लेले पनि भन्नु भयो–छानबिन बनाउन आपत्ति छैन भनेर । टीओआर बनाउन लचकता प्रदर्शन गर्दा समझदारी हुनसक्छ,’ उनले भने । 

कांग्रेसले टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने बताउँदै आएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्