२८ जेठ २०८३, बिहीबार

काठमाडौंको कपनमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

जेठ १३, २०८१
काठमाडौं
काठमाडौंको कपनमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौंको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।​

बूढानीलकण्ठ नगरपालिका - १० कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा नम्बर १२ स्थित फैकामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

शाखा स्थानान्तरणसँगै बैंकले ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सन्‌राइज बैंकको शाखा रहेको स्थान - औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार शुरू गरेको छ ।  

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्