
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट विरोध र्यालीसहित कांग्रेसका नेता कार्यकर्ता भृकुटीमण्डपमा जम्मा हुँदैछन् ।
सहकारी प्रकरणमा छानबिन, गृहमन्त्री लामिछानेको अभिव्यक्ति सभामुख देवराज घिमिरेको असंसदीय कदमको विरोधमा कांग्रेसले प्रदर्शन र विरोधका कार्यक्रम राखेको हो ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री संलग्न रहेको दाबीसहित उनी केन्द्रित छानबिन समितिको माग गर्दै संसद् बैठकसमेत अवरोध गर्दै आएको छ ।
र्यालीपछि उपत्यकाका तीन जिल्लाका सभापति, महिला संघ अध्यक्ष र महामन्त्री विश्वप्रकाश शर्माले सभालाई सम्बोधन गर्नेछन् ।