
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीविरुद्धको छानबिनको प्रक्रियालाई रोक्न एमाले अध्यक्ष केपी शर्मा ओलीले भाँजो हालेको बताएका छन् ।
पार्टीले गरेको विरोध सभामा बोल्दै शर्माले समिति चाहिँदैन भनेर बोल्नेमा एमाले अध्यक्ष ओलीले बोल्नु सत्ता, गिरीबन्धुको जग्गासहितको स्वार्थ बाझिएको बताएका हुन् ।
‘सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन समिति बनाएर कारवाही गर्नुपर्ने माग हाम्रो छ । तर । तर समिति चाहँदैन भनेर मेरो जिल्लाकै कमरेड केपी ओलीले बोल्नुभयो । रास्वपासँग भएको गणितले सत्ता टिकाउने भएकोले रवि दोषी र दण्डित देखिने हुँदा पनि चुपचाप बस्ने मनस्थितिमा उहाँ हुनुहुन्छ’, शर्माले भने, ‘सहकारी प्रकरणमा रवि लामिछाने देखिएका पात्र हुन् । तर यस्तो ठगीमा नदेखिएका धेरै एमालेका साथीलाई ओली जोगाउन चाहनुहुन्छ । यो एमालेकालाई बदनाम बनाउने चाहना हो भन्ने कुरा विस्तारै बुझ्दै जानुहुन्छ ।’
झापाको केपी ओलीलाई बुझ्न विश्वप्रकाशको जति सहजता भक्तपुरका रवि लामिछानेसँग नभएको शर्माले बताए ।
सहकारीमा ओलीले रविलाई बचाउने र गिरीबन्धुमा रविले ओलीलाई बचाउन खोज्ने दुवै विषय अब छर्लङ्ग भएको उनले बताए ।