
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका- ९ की २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोटको बलकोटगढी नगरपालिका- ४ की २६ वर्षीया निशा भन्ने रमिला नेपाली छन् ।
उनीहरूलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको मित्रपार्कबाट पक्राउ गरेको हो ।
मित्रपार्कस्थित ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’ सञ्चालन गरी नाबालिकालाई उनीहरूको इच्छाविपरीत यौन क्रियाकलापमा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
ब्यूरोका एसपी तथा सूचना अधिकारी गौतम मिश्रका अनुसार उनीहरूले दैनिक ५ देखि १५ जना ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउने गरेका थिए ।
थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।