
बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ । पूर्वी तराईका जिल्लामा बदली र वर्षा भइरहेको छ ।
आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना छ ।
सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रेमल चक्रवात नेपालको पूर्वी भूभागभन्दा बाहिर नै भएर बहने छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै रेमल चक्रवातको असर नेपालको कुन प्रदेशमा कस्तो खालको रहन्छ भन्ने जानकारी समेत दिएको छ ।
कोशी प्रदेशका केही स्थानमा मेघ गर्जन चटयाङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रेमल चक्रवातको बढी असर भारत र बंगलादेशमा रहने पूर्वानुमान छ ।