०९ साउन २०८३, शनिबार

जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बन्यो : कोइराला

जेठ १४, २०८१
काठमाडौं
जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बन्यो : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले आज आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले जनताको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका हुन् ।

कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद् र सडकबाट उठाएको उनले बताए । कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाबारे सिकाउन नपर्ने उनले बताए ।  'संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ तर, यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनी अगाडि बढ्न खोजेको छ ।' 

छिटोभन्दा छिटो सहकारी ठगीका विषयमा समिति बनाएर अगाडि बढ्न उनले सरकारलाई आग्रह गरे । 

कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे । उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्