नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पिछडिएको क्षेत्र समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य रंगमती शाही प्रमुख रहेका पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनीत गरेका हुन् ।
मनोनीत भएका सदस्यमा दुधकुमारी हमाल- डोल्पा, डा. साझना खातुन- रौतहट, स्मारिका विष्ट- काठमाडौं, उत्तम सिंखडा- धादिङ, रामकुमार राई- भोजपुर, ऐनबहादुर मल्ल- बाजुरा, अर्जुनप्रसाद रेग्मी- पाल्पा, नरबहादुर रोकाया- हुम्ला, हरिशंकर तिमिल्सेना- दैलेख र हिराप्रकाश गौचन- बाग्लुङ रहेका छन् ।