०१ असार २०८३, सोमबार

भारतको उत्तरी क्षेत्रमा उष्ण लहर : तापक्रम ५० डिग्री सेल्सियस हाराहारी

जेठ १४, २०८१
काठमाडौं
भारतको उत्तरी क्षेत्रमा उष्ण लहर : तापक्रम ५० डिग्री सेल्सियस हाराहारी

नयाँ दिल्ली - विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । 

गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम शहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, हरियाणा, पञ्जाब, राजस्थान र उत्तर प्रदेशको पश्चिमी भागमा व्यापक उष्ण लहर चलिरहेको छ । यो अत्यधिक तातो हावा प्रवाहित हुने क्रम आगामी केही दिनसम्म जारी रहने पुर्वानुमान विभागले गरेको छ । 

प्रतिकुल मौसमबाट बालबालिकालाई बचाउनका लागि दिल्लीसँग जोडिएको हरियाणा राज्यको एक भाग गुरुग्राममा कक्षा ८ सम्मका विद्यालय बन्द गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्