
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ ।
उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव कमल भट्टराईको सरुवा भएको छ ।
भट्टराईले सोमबार नै विभागमा कार्यभार सम्हालेका छन् ।
भट्टराई यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता थिए ।